काठमाडौं - सर्वोच्च अदालतको परमादेशपछि हिरासतमुक्त भएका जनआस्थाका सम्पादक किशोर श्रेष्ठले सत्य नमरेको र कलम नहारेको बताएका छन् ।
सोमबार राति हिरासतबाट रिहा भएका श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले ढिलो भए पनि भ्रमको पर्दा च्यातिने बताए । उनले पन्छीको ठाउँ पिँजडा नभइ खुल्ला आकाश नै प्रिय लाग्ने बताए ।
'पन्छीको ठाउँ पिँजडा हैन,खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ,' उनले लेखेका छन्, 'सत्य मरेको छैन, कलम हारेको छैन, सबैलाई बधाई, सबैलाई शुभकामना !'
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
deuba
२० अगस्ट २०२६, ०८:५८ बिहानramro samachar
sonam
२० अगस्ट २०२६, ०८:५६ बिहानराम्रो जानकारीमूलक समाचार। धन्यवाद।