काठमाडौँ - इन्डोनेसियाको फ्लोरेस टापुलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्पमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (बीएनपीबी) ले खोज तथा उद्धार कार्य जारी रहेको र मृतक संख्या बढ्न सक्ने जनाएको छ । घटनामा ठूलो संख्यामा मानिसहरु घाइते रहेको बीएनपीबीले जनाएको छ । शक्तिशाली भूकम्प र त्यसपछिका दर्जनौं परकम्पका कारण यस क्षेत्रका थुप्रै भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ ।
स्थानीय समयअनुसार शनिबार बिहान करिब ५ बजे गएको भूकम्पको गहिराइ १५ किलोमिटर रहेको इन्डोनेसियाको मौसम विज्ञान तथा जियो फिजिक्स एजेन्सीले जनाएको छ । भूकम्पपछि केही समयका लागि सुनामीको चेतावनीसमेत जारी गरिएको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!