बुटवलमा खुल्यो जेनस हस्पिटल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल - सुविधासम्पन्न भौतिक पूर्वाधार र विशिष्टिकृत उपचार सेवासहित बुटवलमा जेनस हस्पिटल सञ्चालनमा आएको छ ।

सस्तो शुल्कमा बिरामीलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित निजी क्षेत्रको ठूलो लगानीमा जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा आएको हो ।

अस्पताल सञ्चालनमा आएसँगै सर्वसाधारणले एउटै भवनबाट धेरै खालका रोगको उपचार, निदान र शल्यक्रिया सुविधा सेवा प्रदान गरिने अस्पतालका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक डाक्टर मोहन सिंहले बताए ।

हस्पिटलले सबै प्रकारका विशेषज्ञ उपचार सेवा भारतको मेदान्त वा काठमाडौंसम्म पुग्ने अवस्था अन्त्य गर्ने गरी सेवा दिने डा. सिंहले दाबी गरे।

२४ शय्याबाट शुरू भएको अस्पताल छिट्टै १०० शय्यामा पुर्‍याउने तयारी छ । उनका अनुसार हस्पिटलमा जनरल सर्जरी, अर्थोपेडिक, न्यूरो सर्जरी, पेडियाट्रिक, मृगौलालगायत रोगको सहज उपचार हुनेछ।

हस्पिटलमा डायलाइसिस, इमर्जेन्सी, आईसीयू, एनआईसीयू, पीआईसीयु, एचडीयू, मेडिकल सर्जिकल, फार्मेसी लगायतका सेवा उपलब्ध रहेको अध्यक्ष डा. सिंहले बताए । हस्पिटलमा आवश्यकता अनुसार नयाँ–नयाँ सेवा थप गर्दै लगिने छ ।

अस्पतालमा २० जना डाक्टर पनि जोडिएका छन् । अस्पतालले विरामीको अपरेसनका लागि धरौटी राख्ने अवस्था नराख्ने पनि स्पष्ट पारेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्